[कार्यस्थल भित्र सतावट सामना गर्ने गाईड]
- सतावट उपयुक्त काम होईन। कम्पनी मालिक वा मेनेजरले पदको प्रयोग गरेर तपाईंहरुलाई मानसिक पिडा दिएको वा काम गर्ने वातावरण नराम्रो बनाउनु कानुनी रुपमा निषेध गरिएको ‘कार्यस्थल भित्र सतावट’ हो। कुनै कारणले पनि तपाईंहरुलाई जथाभावी ब्यवहार गर्ने अधिकार कसैलाई पनि छैन।
- यस्तो ब्यवहार सतावट हो।
नराम्रो बोली: निरन्तर रुपमा गाली, हेप्ने बोली, अरुको अगाडी बेईज्जत गर्ने ब्यवहार
अलग गर्नु: कामको जनकारी नदिने, खाना सँगै खान नदिने र वास्ता नगर्ने ब्यवहार
नराम्रो काम अर्हाउनु: कामसँग सम्बन्ध नभएको व्यक्तिगत काम अर्हाउनु वा गर्न नसक्ने गार्हो काम गर्न कर गर्ने ब्यवहार
- प्रमाण सुरक्षित गर्नु सबैभन्दा महत्वपुर्ण हो। सतावट भएको छ भने तुरुन्तै प्रमाण जम्मा गर्नुहोला। कहिले, कहाँ, कसले, कस्तो ब्यवहार गर्यो भनी दैनिकीमा विस्तृत रुपमा लेख्ने, वार्तालाप रेकर्ड गर्ने वा मेसेजलाई सुरक्षित राखेमा पछी उजुरी गर्ने बेलामा उपयुक्त हुन्छ।
- स्पष्टगरी मद्दत माग गर्नुहोला
मेनेजरले सतायो भने कम्पनी मालिकलाई खबर गरेर पिडकलाई सजाय दिनु भनी माग गर्नुहोला। कम्पनी मालिकले नै सतायो भने वा कम्पनीमा उजुरी गर्दा पनि मद्दत गरेन भने तुरुन्तै श्रम मन्त्रालयमा उजुरी गर्नुहोला। उजुरी गरेको कारणले कामबाट निकाल्ने वा मर्का दिने काम कठोर रुपले निषेध भएको अपराध हो।
- सँगै सामना गर्यो भने सुरक्षित हुन्छ:
पिडित भएको छ भने एक्लै चिन्ता नगर्नु तुरुन्तै साथीहरुलाई खबर गर्नुहोला। प्रवासी मजदुर सहयोग संस्था वा मजदुर युनियनमा सम्पर्क गरेर विशेषज्ञको मद्दत लिएर सँगै सामना गर्नु सबैभन्दा पक्का र सुरक्षित हुन्छ।