[यौन दुर्व्यवहार· यौन हिंसा सामना गर्ने तथा अधिकार सुरक्षा गाईड]
स्वभाविक अधिकार हो। सम्पुर्ण मजदुरहरुले यौन हिंसाबाट सुरक्षा पाउने अधिकार छ। यौन हिंसा भनेको बलात्कार, यौन दुर्ब्यवहार इत्यादी आफ्नो चाहना बिपरित पिडित हुने सम्पुर्ण यौनजन्य ब्यवहारलाई भनिन्छ।
- यौन दुर्व्यवहारको दायरा: सिधै शरिर छुने (शारिरिक ब्यवहार) मात्र नभई यौनजन्य ठट्टा(भाषिक ब्यवहार), अश्लिल फोटो देखाउने वा नाङ्गोपन (नजर) इत्यादी अरुलाई यौनपुर्ण मानहानी वा अप्रिय भावना दिने सम्पुर्ण ब्यवहारहरु समेटिन्छ।
※ आकस्मिक कम्पनी परिवर्तन प्रणाली: कम्पनी मालिक वा सहकर्मीले यौन दुर्ब्यवहार, हिंसा इत्यादी गरेको खण्डमा कम्पनी परिवर्तन गर्न सकिन्छ। बिशेषगरी यौन हिंसा(बलात्कार इत्यादि) को खण्डमा श्रम मन्त्रालयको ‘आकस्मिक कम्पनी परिवर्तन’ प्रणाली मार्फत तुरुन्तै काम गर्ने ठाउँ सर्न सकिन्छ।
- “मन पर्दैन” भनी स्पष्ट ब्यक्त गर्नुहोला
- अर्को ब्यक्तीको ब्यवहार अप्रिय लागेमा तुरुन्तै ईन्कार भावना प्रष्टगरी ब्यक्त गर्नुहोला। भावना प्रष्टगरी ब्यक्त गरेको कुरा पछी घटना समाधन गर्ने क्रममा महत्वपुर्ण प्रमाण हुन्छ।
- वरिपरी खबर गरेर मद्दत माग्नुहोला
- एक्लै सहेर नबस्नु बिश्वास लाग्ने सहकर्मीलाई सत्य कुरा भन्नुहोला। वरिपरीको मद्दत पाउनुका साथै पछी आफ्नो कुरा प्रमाणित गरिदिने प्रत्यक्षदर्शी र प्रमाण सुरक्षित हुन्छ।
- तुरुन्तै विशेषज्ञ संस्थामा सम्पर्क गर्नुहोला
- समस्या पैदा भयो भने संकोच नमानी तुरुन्तै प्रवासी महिला आकस्मिक फोन वा मजदुर युनियनमा सम्पर्क गरेर विशेषज्ञको मद्दत लिनुहोला।
■ प्रवासी महिला आकस्मिक फोन ☏ 1577-1366
(365दिन 24घण्टा परामर्श सम्भव / मातृभाषा दोभाषे सेवा उपलब्ध / आकस्मिक शरण (सिम्थ) उपलब्ध, कानुनी सल्लाह इत्यादी)