[गाली· हिंसा सामना गर्ने गाईड]

कुनै कारणले पनि गाली गर्न हुँदैन। कम्पनी मालिक वा मेनेजरले दुर्घटना भएको वा काममा गल्ती भएको इत्यादी कुनै कारणले पनि मजदुरलाई हिंसा वा गाली गर्न पाउदैन। यस्तो भएमा प्रहरी चौकी(हिंसा) मा वा श्रम मन्त्रालय(सतावट) मा उजुरी गरेर दोषीलाई सजाय दिने र क्षतिपुर्ती निवेदन गर्न सकिन्छ।

सँगै सामना गर्नुहोला

घटना भएको लगत्तै प्रत्यक्षदर्शीको बयान सुरक्षित गर्ने, वार्तालाप रेकर्ड गर्ने, भिडियो खिच्ने, चोट लागेको ठाउँ फोटो खिच्ने इत्यादी प्रमाणहरु सुरक्षित राखेर पछी उजुरी गर्ने बेलामा उपयुक्त हुन्छ।