4-1. मजदुरले तलब पाउने बेलाको अधिकार
- हरेक महिना 1 पटक तोकिएको दिनमा मजदुरलाई रकममा तलब पुरै दिनुपर्दछ।
○ हरेक महिना तोकिएको मितीमा मजदुरलाई तलब दिनुपर्दछ।
- 사장 맘대로 날짜를 바꿔서 임금을 지급하면 안 됩니다.
- कम्पनी मालिकले आफूखुसी मिती फेरेर तलब दिन हुदैन।
○ मजदुर स्वयमले तलब लिनुपर्दछ ।
- मजदुरको सट्टामा साथीलाई तलब दिन हुदैन।
○ तलब दिदा चलाउन मिल्ने मुंद्रामा दिनु पर्दछ।
- गिफ्टकुपन, कागजीकुपन वा कम्पनीले उत्पादन गरेको समान तलबको रुपमा दिन मिल्दैन।
○ तलबको रकम एकमुष्ठ दिनुपर्दछ।
- बिना अनुमती कोठा चिसो·तातो गर्ने खर्च, बिजुली बिल, इन्टरनेटको बिल आदि तलबबाट अगावै कटौती गरेर तलब दिन मिल्दैन।
○ तलब विवरणपत्र पाउनु पर्दछ।
- तलबको पुरा रकम तथा बिषय अनुसार रकम, हिसाब गर्ने तरिका, कटौती बिषय अनुसार रकम इत्यादी लेखिएको तलब विवरणपत्र लिखित रुपमा पाउनु पर्दछ।
4-2. न्युनतम तलब र भत्ता
1) 2026 सालमा प्रति घण्टाको न्युनतम तलब 10,320 वन हो !
- रोजगार अनुमति प्रणालीबाट काम गरेपनि, प्रशिक्षार्थी भिसा भएपनि, दर्ता नभएको प्रवासी मजदुर भएपनि न्युनतम तलब भन्दा बढी दिनुपर्दछ।
| सुची |
2025 साल (01.01~12.31) |
2026 साल (01.01~12.31) |
| प्रति घण्टाको न्यूनतम ज्याला |
10,030 वन |
10,320 वन |
| एक दिनको तलब (1 दिन 8 घण्टा) |
80,240 वन |
82,560 वन |
| मासिक तलब (1 हप्ता 40 घण्टा, तलब दिने साप्ताहिक बिदा 8 घण्टा समावेश) |
2,096,270 वन |
2,156,880 वन |
सावधान !